• Sign in
banner-img

News & Media

मुक्तिनाथ कृषि कम्पनीद्वारा व्यवसायिक साझेदारहरूको बार्षिक सम्मेलन सम्पन्न, उत्कृष्ट साझेदार सम्मानित

मुक्तिनाथ कृषि कम्पनीद्वारा व्यवसायिक साझेदारहरूको बार्षिक सम्मेलन सम्पन्न, उत्कृष्ट साझेदार सम्मानित

22 February 2023

मुक्तिनाथ कृषि कम्पनीले व्यवसायिक साझेदारहरूको बार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ । मुक्तिनाथ कृषि कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानमार्फत समग्र कृषि मूल्य शृङखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको मुक्तिनाथ बिकास बैंकको सहयोगी कम्पनी हो । 

सो अवसरमा उक्त सम्मेलनको अध्यक्ष मुक्तिनाथ बिकास बैंकका एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिए । उनले भने, “स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा बिस्तारमा अहोरात्र खटिरहेका व्यवसायिक साझेदारहरूको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृङ्खलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन र उत्पादकत्व बृद्धिमा अत्यन्त महत्त्वपूर्ण भूमिका छ ।”  More ...