News & Media
कृषि व्यवसायलाई वृहत्तर बनाउन ‘मुक्तिनाथ एग्रिलिंक-माली’ को अवधारणा
12 March 2022मुक्तिनाथ कृषि कम्पनीले ‘मुक्तिनाथ एग्रिलिंक (माली)’ को अवधारणा सार्वजनिक गरेको छ । कृषि व्यवसायलाई वृहत्तर रुपमा वृद्धि, विकास, संरक्षण र प्रवद्र्धन गर्ने अभिप्रायले कम्पनीले नयाँ सोच अन्तर्गत ‘मुक्तिनाथ एग्रिलिंक–माली’ को अवधारणा ल्याइएको जनाएको छ ।
माली एक नेपाली शब्द हो, जसको सामान्य अर्थ बगैँचाको स्थापना, हेरचाह र संरक्षण गर्ने व्यक्तिलाई बुझिन्छ । मालीले आफ्नो बगैँचाको छनोट, डिजाइन, मलजल र संरक्षण गरी बगैँचाको दीगो व्यवस्थापन गरेको हुन्छ । कम्पनीले ल्याएको अवधारणा अन्तर्गत विभिन्न क्षेत्र, पेशामा आवद्ध कृषि उद्यमी, युवा, विद्यार्थी र व्यवसायीहरुको रुचि, योग्यता, क्षमता र कृषि क्षेत्रको आवद्धताको आधारमा बिक्री र सेवा उपलब्ध गराए बापत निश्चित प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराई अतिरिक्त आयआर्जनको अवसर उपलब्ध गराउने उद्देश्य राखिएको कम्पनीका कार्यकारी अध्यक्ष भरत ढकालले जानकारी दिए ।
‘मालीले कृषकको समस्या, अवसर र आवश्यकतालाई नजिकबाट पहिचान गरी मुक्तिनाथ कृषि कम्पनीसम्म जोड्ने र यसको समाधान गर्ने सोच राखिएको छ । माली हरेक व्यक्तिलाइ स्वरोजगार बनाउने अभियान पनि हो जसको माध्यमबाट समग्र कृषि क्षेत्रको विकासमा टेवा पु¥याउन मद्दत पुग्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो अभियान अन्तर्गत समावेश भई कृषिमा नयाँ विचार प्रस्तुत गर्ने, बजार अनुसन्धान गर्ने, प्रविधि स्थानान्तरण गर्ने, कृषि व्यवसायको योजना बनाउने, बजारीकरण गर्ने, कृषक तथा संस्थाको पृष्ठपोषण संकलन गर्ने जस्ता कार्यहरु गरेबापत कम्पनीबाट निश्चित प्रतिशत रकम प्रोत्साहन स्वरुप आर्जन गर्न सकिने कम्पनी सेक्रेटरी तथा डिपुटी जनरल म्यानेजर रामशरण तिमिल्सिनाले जानकारी दिए ।
‘मालीले कम्पनीको आवश्यकता र जिम्मेवारी प्रदान गरे बमोजिम कृषि तथा सम्बन्धित व्यवसायको सर्वेक्षण, तथ्यांक संकलन, तालिम, परामर्श सेवा, फिल्ड भ्रमण, व्यवसायिक साझेदारी, बजार रणनीति सम्बन्धी सूचना तथा सुझावहरु, खरिद तथा बिक्री वितरणमा समन्वय लगायतका कृषिसँग सम्बन्धित विभिन्न प्रकारका सेवाहरुको लागि सम्पर्क बिन्दुको रूपमा कार्यहरु गर्नु पर्नेछ,’ उनले भने ।
[source]
Tunnel plastic
Rs 6000.00
Tunnel plastic Silpaulin
Rs 6500.00
Cow mat (Interlock)
Rs 9000.00